चाैँडा र रिटेनिङगवाल सहित १३७ किमी सडक

खलङ्गा, ८ असोज । पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भने,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ ।” कार्यालयका अनुसार सडक स्तरोन्नति चाैँडा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ कि.मी., ग्राबेल सडक २० किमी र दलान सडक १.३५ कि.मी. बनेको छ ।


जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल, साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हुँदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको जनाइएको छ ।


जिल्लाका आठवटै स्थानीय तहमा जनता आवास अन्तर्गत २५० घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताए । आ.व. २०७७/७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । वि.सं. २०७५ पुस १५ मा जिल्लामा सो कार्यालय स्थापना भएकोे थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति