ठमेलको होटेलमा मृत भेटिए जर्मन नागरिक

काठमाडौँ, ८ असोज । ठमेलको एउटा होटेलमा जर्मन नागरिक मृत भेटिएका छन् । ठमेलस्थित बिहानी होटेलको कोठामा बिहीबार राति जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जानकारी दियो । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने जनाउँदै प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेको छ । पर्यटक भिसामा करिब ३ महिनाअघि ज्याकट नेपाल आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति