राष्ट्रिय सभाद्वारा नयाँ बजेटका आश्रित दुई विधेयक स्वीकृत

काठमाडौं, ८ असोज । राष्ट्रिय सभाको आजको दोस्रो वैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नयाँ बजेटसँग आश्रित दुई विधेयक स्वीकृत गरेको छ । वैठकले ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ स्वीकृत गरेको हो । वैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती दुई विधेयकमाथि विचार गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । दुबै प्रस्तावलाई वैठकको बहुमतले स्वीकृत गरेको हो । नयाँ बजेटसँग आश्रित यी विधेयकहरु माथिको दफावार छलफलका लागि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्सी असोज ११ गतेका लािग दिन तोकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले राष्ट्रिय सभाको आजको दुबै बैठकमा उभिएर विरोध जनाएका थिए । दुबै बैठक शुरु हुने वित्तिकै एमालेका सांसदहरुले उभिएर विरोध जनाए पछि सभाध्यक्ष तिमिल्सिना नेकपा९एमाले०का राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

मुख्य सचेतक भट्टराईले दुबै बैठकमा आफूहरुको माग सम्बोधन भईनसकेकाले विरोध कायमै रहेको बताएका थिए । पार्टी अनुशासन विपरित काम गरेको भन्दै नेकपा(एमाले)ले आफ्ना १४ सांसदलाई कारबाही गरेकोमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको कारबाही प्रक्रियालाई अगाडि नबढाएको भन्दै अधिवेशन प्रारम्भ भए देखि नै दुबै सदनमा विरोध जनाउँदै्र आएको छ ।
राष्ट्रिय सभाको आजको पहिलो बैठकमा भने प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त दुई विधेयक टेबुल गरिएको थियो । वैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन् ।


प्रतिनिधि सभाको हिजो विहिबारको वैठकले उक्त दुई विधेयकलाई पारित गरी राष्ट्रिय सभामा पठाएको हो । ‘बिनियोजन विधेयक, २०७८’ का आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रिय सभाले पारित गरेपछि संघीय संसदबाट पूर्ण बजेट पारित हुनेछ ।


पहिलो बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’लाई प्रमाणिकरण गरि पठाइएको सम्वन्धी प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रिय सभाको अर्को वैठक असोज ११ गते विहान ११ बजेका लागि डाकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति