एमालेमा एक व्यक्ति एक पदको अवधारणा कडाइका साथ लागू हुन्छ – नेता पोखरेल

काठमाडौं, ७ असोज ।  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष जसरी फैलिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले नेकपा एमालेमा गुटको विष छरिएको बताएका हुन । उनले तत्कालीन नेता माधवकुमार नेपालले लामो समय एउटा गुटको नेतृत्व गरेको आरोप समेत लगाए । माधवकुमार नेपाल नेतृत्वमा केहीले एमाले छाडेर गए पनि पार्टीभित्र गुटबन्दीको असर कायम रहेको उनको भनाइ थियो ।

उनले अब पार्टीभित्र विधि, पद्धतिअनुसार जिम्मेवारी दिने र पार्टी कमिटीहरु छरितो तथा आगामी महाधिवेशनपछि पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा कडाइका साथ लागू हुने पोखरेलले बताए । अहिले पार्टी कुनै स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो रहेको भन्दै अब त्यसलाई सच्याएर अघि बढ्ने प्रस्ट पारे । विगतमा राम्रो उद्देश्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपनि कतिपय कुरामा ध्यान दिन नसक्दा एकता टिक्न नसकेको उनले बताए । पार्टीले पटक–पटक फुट र जुटको अनुभव सँगालिसकेको भन्दै अब पुराना गल्तीबाट सिकेर अघि बढ्ने र त्यस्ता गल्ती नदोहोरिने उनले प्रस्ट पारे ।

राष्ट्रिय राजनीति अहिले दुई ध्रुवमा विभाजित रहेको भन्दै उनले एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व तमाम राजनीतिक शक्तिको गठबन्धन रहेको बताए । यो अवस्थामा देश र जनताको हितमा एमालेले नेतृत्वको गठबन्धन नै छ भन्ने कुरा आम जनतालाई बुझाउन जरुरी रहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति