अफगानिस्तानलाई लगाइएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्छ – चीन


काठमाडौं , ७ असोज । चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा एकतर्फी रूपमा लगाइएको प्रतिबन्ध चाँडै हटाउनुपर्ने बताएका छन्। अफगानिस्तानको अवस्थाबारे छलफलका लागि बुधबार आयोजित जी–२० देशहरूको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त कुरा बताएका हुन्। यसपछि चीनको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरी अफगानिस्तानमा लगाइएको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु निकै जरुरी रहेको बताएको छ। अफगानिस्तानको विदेशी मुद्रा भण्डार त्यहाँको राष्ट्रिय सम्पत्ति रहेको उल्लेख गर्दै चीनले त्यसमा अफगानिस्तानका नागरिकको अधिकार हुनुपर्ने बताएको छ। यसको प्रयोग त्यहीँका नागरिकले गर्न पाउनुपर्ने उल्लेख गर्दै चीनले अफगानिस्तानमा राजनीतिक दबाबका लागि यो प्रयोग गरिनु नहुने चेतावनी पनि दिएको छ। स्मरणीय छ, गत अगस्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गर्नासाथ अमेरिकालगायत धेरै देशले अफगानिस्तानमा रहेका खाता फ्रिज गरेका छन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति