माओवादी नै देशको रुपान्तरणकारी शक्ति– लीलामणि पौडेल

काठमाडौं, ७ असोज ।  यतिवेला पूर्व मुख्य सचिव लीलामणि पौडेल विस्तारै विस्तारै मूलधारको राजनीतिमा सक्रिय हुन थालेका छन्। चीनका लागि पूर्वराजदूत समेत रहेका उनले औपचारिक रुपमा प्रवेश नगरी नै माओवादीका भेला र बैठकमा भाषण गर्दै हिँड्न थालेका छन्। हाल गृह जिल्लामै बस्दै आएकाले उनले आफूलाई माओवादीको राजनीतिमा सक्रिय गराउन थालेको केहि राजनीतिकर्मीहरु बताउछन् । पौडेलले माओवादी र उसका भातृ संगठनको गाउँ भेलामा नेताकै शैलीमा राजनीतिक व्याख्या गरेको भिडियो नै सार्वजनिक भएको छ।

पौडेलले बुधबार मात्रै गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा पुगेर भाषण गरेका थिए । उनले माओवादी केन्द्र र उसको भातृसंगठन वाईसीएलको वडा भेलामा बोल्दै राजनीतिक व्याख्या गरे। माओवादीको कार्यक्रमका प्रमुख अतिथिका रुपमा भाषण गरेका उनले एमाले रुपान्तरणकारी शक्ति नभएको व्याख्या समेत गरे। नेताकै रुपमा माओवादी कार्यकर्ता र वाईसीएलका सदस्यहरुलाई निर्देशन दिने क्रममा रुपान्तरकारीहरु एकै ठाउँमा आउनुपर्ने पनि तर्क गरे।

माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको व्याख्या गरेका उनले अहिलेका सबै उपलब्धी माओवादीको संघर्षबाटै सम्भव भएको उल्लेख गरे।
आफूलाई कम्युनिष्टका रुपमा परिचित गराउने एमाले र माओवादीबीच समानता रहेको भ्रम मानिसहरुमा रहेकाले त्यसलाई चिरेर अघि बढ्न पनि निर्देशन दिए। उनले अहिलेको शासन व्यवस्था माओवादीको आन्दोलनबाटै सम्भव भएको तर्क गरेका छन्। माओवादीकै संघर्षका कारण पछाडि पारिएका र सीमान्तकृत वर्ग अहिले राज्यको मूलधारमा आइपुगेको पनि जिकिर गरेका छन्। ‘अहिले यो व्यवस्था कसले ल्याएको? यो व्यवस्थाको वकालत गर्ने शक्ति को होरु अहिलेको व्यवस्था स्थापित गर्ने को हो ? समाज रुपान्तरण भनेको त त्यही हो नि१ हिजोसम्म समाजमा जुन किसिमले पछाडि परेको वर्ग समुदाय थिए, जाति थिए, उनले भने, ती वर्गलाई राज्यसत्ताको मूलधारमा लाने र यो अवसर दिने शक्ति माओवादी केन्द्र नै हो। माओवादीले लड्यो र यो शासकीय व्यवस्था स्थापित गर्‍यो। संविधानमा, कानुनमा र राज्य प्रणालीमा, व्यवस्थामा। त्यसकारण तपाईंहरुले जनप्रतिनिधि हुने अवसर पाउनु भएको छ।उनले माओवादी र एमालेबीच आधारभूत रुपमै फरक रहेको पनि तर्क गरेका छन्। पौडेलले राज्य प्रणालीको वकालत गर्ने कुरामै माओवादी र एमालेबीच धेरै अन्तर रहेको पनि जिकिर गरेका छन्।

‘हिजो त अहिले जस्तो अधिकार थिएन। अधिकारका रुपमा पछाडि पारिएकाले उपयोग गर्न पाएका थिएनन्। हिजो बलेटक्सार वडा नम्बर ५ मा दलितले सदस्यमा नियुक्ति पाएका थिए। तर त्यो त राख्नका लागि मात्रै राखिएको थियो। अहिले अधिकारका रुपमा छ, अनिवार्य छ। त्यसलाई अधिकारका रुपमा स्थापित गर्ने काम माओवादीले गरेको होु, उनले भने, त्यहीकारण माओवादी वामपन्थी शक्ति पनि हो। माओवादी नै रुपान्तरणका एजेन्डा बोक्ने शक्ति हो। तपाईंहरुलाई लाग्ला सबै उस्तै हुन्। एमाले र माओवादी भनेका एकै हुन् । यता गए पनि हुन्छ, उता गए पनि हुन्छ भन्ने लाग्ला तर त्यस्तो होइन। आधारभूत रुपमा धेरै फरक छ, भिन्नता छ। दुई पार्टीबीच एजेन्डाकै विषयमा फरक छ। राज्य प्रणालीको वकालत गर्ने कुरामै फरक छ। त्यसैले यसमा कोही भ्रममा नपरौँ।’

उनले एमाले र माओवादी उस्तै उस्तै हुन् भन्ने कुरामै धेरै कुप्रचार गरिएको पनि तर्क गरेका छन्। सबैभन्दा धेरै कु(प्रचार यहीँनेर भएको छ। हामी मरेर, लडेर, राज्यसत्तासँग पौठेजोरी खेलेर साधन स्रोतहरु ल्याएर यहाँको विकास–निर्माणमा काम गरेका हौँ। काम गर्ने कालु मकै भालु भने जस्तो उनीहरु सामाजिक सञ्जालमा चोर, डाँका भनेर लेख्ने र तपाईंहरु प्रतिवाद गर्न नसक्ने।

उनले यसमा पनि केही कारण रहेका जिकिर गरेका छन्। पहिलो त हिजो तपाईंहरुलाई यस्तो प्रशिक्षण थिएन। हामीले संगठनलाई कसरी अघि बढाउनुपर्छ भन्ने ज्ञान थिएन। रुपान्तरणका एजेन्डा बोक्ने को हो भन्ने जानकारी हामीलाई थिएनु, पौडेलले अगाडि भने, दोस्रो, तपाईंहरु संगठित हुनुभएको थिएन। तर उनीहरु संगठित र बलिया थिए। तपाईंहरु एक्लै हुनुहुन्थ्यो। तपाईंहरुको काम भनेको यस्ता कुरा आएमा तत्कालै पार्टी बैठक बसेर सत्यतथ्य पत्ता लगाउने हो। त्यसपछि यस्ता भ्रामक सूचनाको प्रतिवाद उत्रिनुपर्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति