मन्त्रीले वडाध्यक्षलाई कुटेपछि पौडेल समूहको सानेपामा धर्ना

काठमाडौं, ७ असोज महाधिवेशन नजिक आउँदै गर्दा सत्तारुढ नेपाली कांग्रेस एकपछि अर्को विवादमा फस्दै गएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेकालाई मन्त्रीले कुटपिट गरेको भन्दै संस्थापनइतर समूह विरोधमा उत्रिएको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेता डा.अमरेशकुमार सिंहको नेतृत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। उक्त धर्ना कार्यक्रममा नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइराला पुगेका छन्।

धर्ना कार्यक्रमलाई नेता सिंहले सम्बोधन गरेका छन्। अर्का नेता प्रकाशमान सिंह धर्ना कार्यक्रममा केही बेर समर्थन जनाएर फर्किएका छन्। उक्त धर्ना कार्यक्रममा वरिष्ठ नेता पौडेल पनि पुग्ने कार्यक्रम छ। प्रदेश २ का युवा तथा खेलकुद एवम् महिला बालबालिका मन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई सानेपामै कुटपिट गरेको आरोप लागेको छ। यी दुईजनाबीच क्रियाशील सदस्यताबारे विवाद बढेको थियो। उक्त कुटपिटको भिडियो पनि भाइरल भएपछि कांग्रेसका संस्थापन इतर नेता आक्रोशित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति