नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ र अमेरिकी राजदूतको बधाई

काठमाडौं, ७ असोज ।  चीन र अमेरिकी राजदूतले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् ।ट्वीटरमार्फत अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएका हुन् ।चीन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउन परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्ने चाहना राजदूत यान्छीले व्यक्त गरेकी छिन् ।अमेरिकी राजदूत बेरीले चाहिँ जलवायु परिवर्तन, कोभिड–१९ महामारी र लोकतन्त्रको संरक्षणका लागि अमेरिकाले परराष्ट्रमन्त्रीसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हिजै बधार्ई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति