काठमाडौं, ७ असोज । मन्त्रिपरिषद विस्तार लगायतका बिषयमा छलफल गर्न र सहमतीनै जुटाउँन भन्दै राती अबेर सम्म बसेको सत्तागठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । सरकार बनेको ७५ दिन सम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसक्दा लाचार अवस्था आएको भन्दै अब फाइनल गर्नै पर्यो भनेर बसेका नेताहरु सबैका आ आफ्नै अडान र मालदार मन्त्रालय मा भागबण्डा अझै नमिल्दा सहमती हुन सकेन ।
बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेता बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेका थिए।उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भएकोले तत्कालै मन्त्रीहरूको नाम दिन भनेका थिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार नगर्दा आलोचना भइरहेकोले अब ढिला गर्न नहुने बताएका थिए।तर जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेशलाई पहिले निस्कृय बनाउनुपर्ने अडान दोहोर्याएका छन्।
यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दिएकोले त्यो किनारा लागेपछि मन्त्रिमन्डललाई पूर्णता दिन आग्रह गरेका थिए। छलफलमा सहभागी कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने जतिसक्दो छिटो मन्त्रिमन्डललाई पूर्णता दिनेमा छलफल केन्द्रित रहेको बताए।
उनकाअनुसार मन्त्रिपरिषद विस्तार, संसद सञ्चालन र संसदमा पेश भएका विभिन्न विधेयकबारेमा बुधबारको सत्तारूढ गठबन्धनको बैठकमा छलफल भएको थियो।‘जतिसक्दो छिटो मन्त्रीमन्डललाई पूर्णतादिनेबारे पनि छलफल भयो,’ उनले भने।बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल, कांग्रेस महामन्त्री खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिए।मन्त्रिमन्डल विस्तार हुँदा दलहरूले पाउने मन्त्रालयबारे पनि छलफल भएका छन्।
कांग्रेसले सात, माओवादीले छ, जसपाले ४ र नेकपा (एकीकृत समाजवादी) ले पाँच मन्त्रालय पाउने गरी छलफल भइरहे पनि निर्णय भइसकेको छैन। साथै तीन राज्यमन्त्री बनाउने पनि तयारी छ। सत्तारूढ गठबन्धनको बैठक आज अपरान्ह फेरि बस्ने तयारी छ।देउवा प्रधानमन्त्री बनेको ७३ दिन भइसकेको छ। देउवाले बुधबार परराष्ट्र मन्त्री नारायण खड्कालाई बनाएका थिए। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई जना मन्त्री सरकारमा छन्।नेपाली कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिक्रिया