सुनारको मुद्दामा थुनछेक बहस : धरौटी रकम छुवाछूत मुद्दामा अहिलेसम्मकै धेरै

काठमाडौँ, ६ असोज । काठमाडौंकी घरबेटी सरस्वती प्रधानलाई काठमाडौं जिल्ला अदालतले धरौटी मागेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको अधिवक्ता मोहन शाशंकरले जानकारी दिए ।उनका अनुसार यो धरौटी रकम छुवाछूत मुद्दामा अहिलेसम्मकै धेरै हो ।तनहुँकी रुपा काठमाडौंको बबरमहलकी प्रधानको घरमा १ असारमा कोठा खोज्न गएकी थिइन् । त्यसक्रममा आफू कामीको छोरी भएको थाह पाएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिइन् । रुपाको जाहेरीमा काठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । ३ असारमा रुपाले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । ६ असारमा पक्राउ परेकी घरबेटीलाई ९ असारमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर घरबेटी प्रधानलाई रिहा गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति