मन्त्रिपरिषद्‌मा हाम्रो समूहको भाग कति ? : पौडेल


काठमाडौँ, ६ असोज । मन्त्रिपरिषद् विस्तारमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्ट बनेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहले भागबारे प्रश्न उठाएको छ । देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर कांग्रेसका भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि बुधबार दिउँसो महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले आफ्नो समूहको सहभागिताका विषयमा प्रश्न उठाएको हो । ‘मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो । खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो रु त्यही मुख्य प्रश्न हो,’ बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले भने ।
प्रधानमन्त्री देउवाले आफ्नोतर्फका सांसदहरुलाई व्यक्तिगत रुपमा चयन गरेर समेत मन्त्री बनाउने र खेलबाड गर्ने कोसिस गरेको भन्दै पौडेल समूहले एकताबद्ध भएर सामूहिक रुपमा भाग लिने विषयमा जोड दिनेसमेत निर्णय गरेको छ । ‘प्रधानमन्त्रीले हाम्रो समूहभित्र खेल्न मिल्दैन । हाम्रो समूहले पाउने कति हो रु त्यसमा हामी आफैंले समूहगत रुपमा मन्त्रीको नाम सिफारिस गर्ने र त्यसमा नेताहरुबीच एकताबद्ध भएर प्रस्तुत हुने निर्णय भएको छ,’ उनले भने ।पौडेल समूहको बैठक सकिएपछि नेताहरु सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् ।देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति