एकीकृत समाजवादीले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने

काठमाडौं, ६ असोज । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता रामकुमारी झाँकीले बताइन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति