बालुवाटार जग्गा प्रक्ररणमा यस्तो भने विजय गच्छदारले

काठमाडौँ, ६ असोज । बालुवाटारको ललितना निवास प्रकरणको मुद्दा खेपिरहेका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले भ्रष्टाचार नगरेको दावी गरेका छन् ।वुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै आफूले ललिता निवासमा भ्रष्टाचार नगरेको दावी गरे ।
उनले भने, ‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।’ गच्छदारले थपे, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पु¥याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन ।’

आफूमाथि राजनीतिक प्रतिशोध राख्दै छानी छानी मुद्दा चलाइएको गच्छदारको आरोप छ । ‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’, गच्छदारले भने ।

अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

This image has an empty alt attribute; its file name is 242452542_4715015921849927_6570849847037224118_n_wQrPrg9xSs-555x768.jpg
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति