हरिबोधनी एकादशी गीतको भिडियो सार्वजनिक

काठमाडौं, ६ असोज ।  हरिबोधनी एकादशी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिकको क्रममा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन “अमर” ले आफ्नो भाषा र कला झल्काउने गीतले सफलता मिल्ने बताउनु भयो । दनुवार संस्कृति कला पहिचानको आफ्नै भाषा आफ्नै शैली जोगाइ राख्न हाम्रो अभियान अन्तर्गत दनुवार जागरण समाज तथा राई दनुवार कलाकार तथा सांकृतिक समाजको कमला खोज कछारे दनुवार समाजको अग्रणी भूमिका रहेको सार्वजनिक गीतका रचनाकार बासुदेव दनुवारले बताएको छ ।

संस्कृति हराए अस्तित्व हराउँछ, अस्तित्व हराए भेष भूषण, भाषा आदि लोप हुन्छ । आफ्नो संस्कृति कला रही रहोस् भनेर दनुवार समुदायले विशेष आफ्नो पर्व जोडतोडले मनाउदै आएको हरिबोधनी एकादशी गीत मार्फत कला संस्कृति,भाषा,भेषभूषा झल्काउने गीतको निर्देशक दिपक रमणले गरेको छ ।

दनुवार जातीभित्र विभिन्न थर अथर रही आएको छ जस भित्रको ऐतिहासिक सृजना बोकेको यो ऐकादशी गीतका संगीतकार सूर्य बहादुर राई दनुवारको रहेको छ । स्वरमा सूर्य बदादुर राई दवार र दिलु श्रेष्ठको रहेको छ भने रचनाकार बासुदेव दनुवार को रहेको छ ।

भौगोलिक ठाउँ अनुसार फरक फरक धर्म परम्परा संस्कृति जोगाउन बिषय बस्तुलाई आधारमानी हरिबोधनी एकादशी गीत बजारमा ल्याइएको हो । दनुवार जातीहरूको धेरै संस्कार संस्कृति कलाहरु लोप हुने अवस्थामा रहेको बेला यो गीतको म्युजिक भिडीयोले समाजमा उर्जा दिने आशा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति