जाजरकोट, ५ असोज । रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । संकलन तथ्याङ्कभन्दा जनावरको संख्या घटिरहेको साथै प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने चोरी निकासीको तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो ।रेडपाण्डालगायत अन्य जनावारको संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करद्धारा चोरी–निकासी गर्ने क्रम बढेको हो ।
सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको सङ्ख्याको बढी भएको साथैखुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अङ्ग ल्याउन व्यापारी गाउँगाउँमा पुग्ने गरेको तर सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेका बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले जानकारी दिए ।विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ ।
रेडपाण्डाका संरक्षणका लागिसहभागी भएका व्यक्ति तस्कारसँग मिलेर वन्यजन्तुको सिकार गर्ने तथा प्रहरीले पनि उल्टै राजनीतिक शक्तिको आडमा तस्कार जोगाउने काम गर्दा मासिँदो जङ्गल र संरक्षणको अभावमा तस्कारको ठूलो सञ्जालले चोरी निकासी मौलाएको छ ।स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा ,डिभिजन वन कार्यालय र यसका माताहातका कार्यालयको पहुँच कम हुुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको तथा तस्कारलाईपनि थप सजिलो भएको छ ।
रेडपाण्डाको बासस्थानरूपमा रहेको निगालोको बाक्लो जङ्गल, रुखका मुडा वर्षेनी फडानी, आगलागीका कारण सखाप हुँदै आएको छ । बासस्थान नाश र तस्करीले रेडपाण्डा हराउने खतरा देखिएको छ ।
प्रतिक्रिया