सरकारले घण्टाघर भत्काउने या बनाउने ?

काठमाडौं , ५ असोज । विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे भन्दै पटक–पटक आरोप लगाएका छन् ।

बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण्टाघर नभत्काउन चेतावनी दिएका थिए । सरकारले घण्टाघर भत्काउन लागेको हो या होइन भन्नेबारे जान्नकालागि एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले २५ भदौमा प्रतिनिधिसभामा पेश भएको बजेट अध्यादेशको प्रातिस्थापन विधेयक हेर्नुपर्छ ।

मुलुककै सबभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्ने प्रबन्ध गरिने भनी प्रातिस्थापन विधेयकको बुँदा नम्बर ४३ मा उल्लेख गरिएको छ ।

घण्टाघरको पुनर्निर्माणलाई बहुवर्षीय आयोजनामा राखेर बढीमा डेढ वर्षभित्र पुनर्निर्माण गर्ने योजना ओली सरकारकै पालामा बनाइएपनि गत आर्थिक वर्षमा बहुवर्षीय योजनामा राख्न बजेट नपुगेकाकारणले घण्टाघर पुनर्निर्माणको योजनालाई बजेटमा राख्न नसकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।चालु आर्थिक वर्ष २०७८/७९ मा भने बहुवर्षीय आयोजनामा समावेश गर्न पुग्ने गरी स्रोत सुनिश्चित गरिएको छ । घण्टाघर पुनर्निर्माणमा करिब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति