सर्वोच्चले लिखित जवाफमा भन्यो –प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बस्न सक्दैन

काठमाडौं,४ असोज । सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासको कल्पना गर्न नसक्ने भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशअनुसार सर्वोच्च अदालत प्रशासनका तर्फबाट रजिष्ट्रार नारायण पन्थीले लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास सञ्चालन गर्ने भनी कुनै निर्णय नभएको जवाफ लेखेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार, सर्वोच्च अदालत र न्यायपरिषदको लिखित जवाफ पेश भएपनि कानून व्यवसायी परिषदको लिखित जवाफ पेश नभएकाले मुद्दाको पेशी तोकिएको छैन ।अधिवक्ता रेग्मीले दर्ता गरेको मुद्दामा न्यायाधीश फुयालको इजलासले लिखित जवाफ पेश भएको तीन दिनभित्र मुद्दाको पेशी तोक्नु भनी आदेश भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति