विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी हुँदा पाँचको मृत्यु

बेइजिङ, ४ असोज । चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।


घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफुहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।


विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । रासस/सिन्ह्‍वा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति