चीन–अमेरिका शीतयुद्धको खतरा : यूएन

काठमाडौं, ४ असोज ।  संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले चीन र अमेरिकाले आफूहरूबीचको बिग्रिँदो सम्बन्ध सुधार नगर्ने हो भने शीतयुद्धको खतरा रहेको चेतावनी दिएका छन्।

यूएन महासचिव गुटेरेसले समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) लाई अन्तर्वार्ता दिँदै चीन र अमेरिकाबीचको तनाव फैलिनुभन्दा अगाडि रोक्न अति आवश्यक भएको बताए।

यसै हप्ता विश्वका नेताहरू संयुक्त राष्ट्र संघको वार्षिक सभामा कोभिड, जलवायुसम्बन्धी जस्ता धेरैवटा विश्व समस्याबारे छलफल गर्दै छन्। ​​

यूएन महासचिव गुटेरेसले विश्वका दुई प्रमुख आर्थिक शक्तिले जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि सहयोग गर्नुपर्ने बताएका छन्। उनले मानव अधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद मुद्दामा दुई देशबीच अझ बलियो संवाद हुन जरुरी रहेको बताए। गुटेरेसले भने, ‘तर दुर्भाग्य१ यही बेला दुई देशबीच द्वन्द्व मात्रै देखिएको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति