भोलि १ बजे बस्ने गरि एमाले स्थायी कमिटि बैठक सकियो


काठमाडौ, ३ असार । भोलि फेरि १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेश भएको एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार आजको बैठकमा युवराज ज्ञवाली, पुष्प कँडेल र केशव बडालले आफ्नो विचार राखेका थिए भने भोलि बाँकी स्थायी कमिटी सदस्यले बोल्नेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति