काठमाडौं, ३ असोज। राज्यले विभूषणका लागि छनोट गरेका १९२ जना व्यक्तिले अझैसम्म पदक नलिएको पाइएको छ ।
विभूषणका लागि छनोटमा परेपनि अहिलेसम्म पदक बुझ्न बाँकी हुने सूचीमा मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य छन् ।
यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा। वीरेन्द्र मिश्र, पत्रकारहरु कणकमणि दीक्षित, युवराज घिमिरेलगायत पनि छन् ।
प्रतिक्रिया