‘हनि ट्रयाप’ मा पारेर र १८ लाख रुपैयाँ अशुल गर्ने तीन महिला पक्राउ

काठमाडौ, ३ असार । पुरुषलाई होटलमा बोलाएर ‘हनि ट्रयाप’मा पार्दै रकम अशुलेको आरोपमा दाङमा तीन माहिला पक्राउ परेका छन्।प्रहरीले घोराही उपमहानगरपालिका १५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुस्मा परियारलाई पक्राउ गरेको हो। उनीहरुले होटलमा खाजा खान बोलाएर यौन दुव्र्यवहार गरेको भन्दै झुटो आरोप लगाएर १८ लाख रुपैयाँ अशुलेको भन्दै पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

ती पुरुषलाई कोहीनुर रेष्टुरेन्टमा बोलाएर सुरुमा बियर र मासु खाएका थिए। पछि महिला मातेपछि बिल तिरेर जान खोज्दा पनि उनीहरु होटलबाट निस्कन नमानेको र उल्टै आफूमाथि महिलाले ‘मेरो इज्जतमा हात हाल्ने’ भन्दै जवर्जस्तिकरणीको मुद्दा दिन्छु भन्दै धम्क्याएका थिए। गत असार ६ गते बेलुका त्यति भइसकेपछि आ-आफ्नाने घरतर्फ गएका थिए।

तर ७ गते सीतादेवीले मुद्दा दर्ता गर्छु भन्दैछ, तपाइले मिलाउनुपर्छ हामी पनि मिलाउँछौं भन्दै खुमाले ती पुरुषलाई बोलाएकी थिइन्। यो मुद्दा प्रहरी कार्यालय पुग्न नदिनका लागि केही पैसा दिनु पर्ने उनीहरुको शर्त थियो। आफ्नो मान प्रतिष्ठामा असर गर्छ भन्दै केही पैसा दिन उनी तयार भएका थिए। तर महिलाहरुले ती पुरुषसँग ५० लाख रुपैयाँ माग गरेका थिए। एक लाख रुपैयाँ नगद त्यतिबेलै दिएका उनले १७ लाख रुपैयाँको चेक दिएका थिए। प्रहरीले सीतादेवीको कोठाबाट उक्त रकम र चेक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
यसरी गैर कानुनी तरिकाले चरित्र हत्या गर्ने तथा आपराधिक लाभ लिनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति