सुन स्थिर चाँदीमा २० रुपैयाँ घट्यो

काठमाडौँ, ३ असोज । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ ।


आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ८९ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० थियो । महासङ्घले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ । गत वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीमा सुन कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति