काठमाडौं, ३ असोज । चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा झर्ने गरी जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी रिभर फनबिच रिसोर्टले दुई सहासिक पर्यटकीय प्रडक्ट निर्माण गरिरहेको छ । रिभर फनबिचले ९ वर्षदेखि कम्पनी रिसोर्ट र ¥याफ्टिङ ब्यवसाय गरिरहेको छ । जिपलाइन निर्माणको ७० प्रतिशत काम पुरा भइसकेको र डिसेम्बरभित्र यी संरचना सञ्चालनमा आउने कम्पनीले जनाएको छ । ५ सय मिटर लामो बन्ने जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदीमाथि पर्ने भएको र यस पक्षले यात्रा साहासिक र रोमान्चक हुने कम्पनीको दाबी छ। अधिकांश भाग नदीमाथि पर्ने यो जिपलाइन विश्वकै नमुना हुने रिभर फनबीच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताएका छन् । जिपलाइन युरोपियन स्ट्यान्डर्डसहित भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भइरहेको र १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने अधिकारीले बताए । जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुईजना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने बताइएको छ । ५५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदीमाथि निर्माण भइरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।
जिपलाइन र स्काइ साइक्लिङ बन्ने भयो चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा
प्रतिक्रिया