भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री बितरण

काठमाडौँ, २ असोज । भारत सरकारको सहयोगमा रुपन्देही जिल्लाका बाढी पहिरो पीडितलाई राहत बितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रुपन्देही जिल्लाको समरीमाइ गाउँपालिका वडा न ५ का पिडितहरुलाई बितरण गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल भारत महिला मैत्री समाजकि अध्यक्ष तथा माननीय चन्दा चौधरीले भारत सरकारले बिगत देखि नै नेपालमा आएको बिपदको बेला सहयोग गर्दै आएको बताइन । उनले सहयोगको लागि भारत सरकारलाई धन्यवाद ब्यक्त गरिन । राहत सामाग्री नेपाल ल्याउनका लागि नेपाल सरकारले कर निस्शुल्क गरि दिएको हुनाले बितरण गर्न सजिलो भएको भन्दै नेपाल सरकार अर्थ मन्त्रालय र बिपद ब्यबस्थापन समिति गृह मन्त्रालयलाई धन्यवाद ब्यक्त गरिन ।करिव ४२ लाख बराबरको सामाग्री १४५ परिवारलाई अस्थायी बसोबासका लागि ठुलो, मझौला र साना टेन्ट लगायतका सामाग्री बितरण गरिएको छ, उनले बताइन ।

त्यस्तै कार्यक्रममा बोल्दै पुर्वमन्त्री सर्बेन्द्रनाथ शुक्लले कसैले ध्यान नदिएको यस क्षेत्रमा भारत सरकारको सहयोगमा पीडितलाई लगाएको गुणको लागि भारत सरकार र संयोजन गरेको संस्था महिला मैत्री समाजलाई धन्यवाद दिए । कार्यक्रम स्थानीय रेडक्रस र लायन्स क्लब लुम्बिनी मर्चवारले सामग्री बितरणमा ब्यबस्थापन सहयोग गरेको थियो ।कार्यक्रम स्थानीय जनप्रतिनिधि, पत्रकार, नागरिक समाज र स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति