कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड जनकपुरमा

काठमाडौं, २ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम पुगेका छन् । पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता मातृका प्रसाद यादव आज जनकपुरधाम पुग्नुभएको हो । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरेका छन् । स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए । अध्यक्ष प्रचण्डले एयरपोर्टमा कुनै प्रतिक्रिया दिएनन् । प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता आएका छन् । केहीबेरमा कार्यक्रम सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति