अभिनेत्री करिश्मालाई जब केपी ओलीले फोन गरे पछि…..

काठमाडौं, २ असोज । पढ्नका लागि उमेरले छेक्दैन । जसले जुनसुकै उमेरमा पनि पढे हुन्छ । तर उमेरले धेरै उकालो लागेपछि स्कुल कलेजमा पढ्नेहरुको संख्या झण्डै नगण्य हुन्छ । तर नेपाली रजतपटकी सफल नायिका करिश्मा मानन्धर भने यो प्रशंगकी अपवाद उदाहरण हुन ।

केही बर्ष अघि उनले एसईईको परीक्षा दिंदा निकै चर्चा भएको थियो । परीक्षा उत्र्तिण गर्दा पनि चर्चा चुलियो । अभिनेत्री करिश्माको पढ्ने क्रम अझै पनि रोकिएको छैन । निरन्तर अघि बढिरहेको छ । अहिले करिश्मा कक्षा १२ को परीक्षामा व्यस्त छिन । परीक्षाको चटारोका बीच करिश्मालाई अचानक पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोन आयो ।

परीक्षाको चटारोले प्राय फोन नउठाउने करिश्मालाई शुक्रबार बेलुकी नयाँ नम्बरबाट फोन आएको हो । ट्रियुकलरले ‘केपी शर्मा ओली इज कलिङ’ भनेर देखायो ।

एमाले अध्यक्ष ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधपुछ गरेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराएकी छिन । तर ओलीसंगको यो फोन सम्वाद उनकालागि अझै पनि अविश्वसनीय रहेको करिश्माले बताएकी छिन ।

‘सुरुमा मजाक हो कि भन्ने लाग्यो, तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’ करिश्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’ अभिनेत्री करिश्मा मानन्धरले ओलीलाई बुवाको सम्बोधन गर्दै लेखेकि छिन, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति