नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ

काठमाडौँ, १ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ ।


ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।


अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ । राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो ।


आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति