भाडाको विवाद सुल्झाउनुपर्ने साथै इन्टरनेटको मूल्य नबढ्ने दुरसञ्चारको भनाइ

काठमाडौं, १ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवाको मूल्य नबढ्ने बताएको छ ।नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् । त्यसअनुसार कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउनप्राधिकरणसँग अनुमति मागेका छन् ।
विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच भाडाबारे विवाद जारी नै छ ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐनअनुसार दूरसञ्चार प्राधिकरणले मात्रै भाडा निर्धारण गर्न सक्ने र नियमविपरीत विद्युत प्राधिकरणले भाडा बढाउँदा दुई वर्षको भाडाबारे भएको विवादलाई सरकारको माथिल्लो निकायमा लगेर कानुनी अड्चन फुकाएरै भएपनि समाधान गर्नुपर्ने बताए ।

साथै खनालले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको मागलाई सम्बोधन गर्दै पूर्वाधारको भाडाको विवादको भार र मार उपभोक्तामाथि नपारिने बताउँछन् । ‘जे जति विवाद छन्, त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छ , खनालले भने, यसैपनि इन्टरनेट सेवा महँगो भएको गुनासो छ, त्यसलाई सस्तो गर्नेतर्फ ध्यान दिने हो । त्यसका लागि सरकारी निकाय र सेवा प्रदायक दुबै जिम्मेवार बन्नुपर्छ ।ु

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति