खनाललाई भेट्न सभामुख सापकोटा डल्लुमा

काठमाडौं, १ असोज ।  प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।
शुक्रबार काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेर सापकोटाले उनलाई भेटेका हुन्।खनालले भारतको नयाँ दिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। भेटमा समसामायिक राजनीतिको विषयमा समेत छलफल भएको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति