पोखरा, १ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले छाडेर नेकपा एस बनाएका माधवकुमार नेपाल ‘होम सिक’ भइसकेको बताएका छन् । भट्टराईले नेपाललाई पुरानो घरको माया लागेर छिटै एमालेमै फर्कने दाबीसमेत गरे । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले एकीकृत समावादी गठन गरेका नेपाललाई पछुतो लाग्न थालिसकेको बताए । पार्टी एकताका लागि माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको र १० बुँदे सहमति गरेको भए पनि बीचमा उनले छाडेको भन्दै भट्टराईले गुनासो गरे ।
माधव नेपाललाई ‘होम सिक’ भएको छ, एकदिन एमालेमै फर्कन्छन् – योगेश भट्टराई
प्रतिक्रिया