डा.भट्टराईले गठबन्धनका शीर्ष नेतालाई एमसिसीका विषयमा दिए यस्तो सुझाव

काठमाडौँ, १ असोज ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरी विभिन्न सुझाव राखेका छन्।भट्टराईले बिहीबार गठबन्धनमा रहेका शीर्ष नेतासँग बेग्लाबेग्लै भेट गरी उक्त सुझाव राखेको उनको सचिवालयले जानकारी दिएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी भट्टराईले राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरेर बजेट पारित हुने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छन्। भट्टराईले अहिलेको गठबन्धनलाई दीर्घकालीन बनाउने गरी अगाडि बढ्नुपर्ने बताएका थिए। ‘यो गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्मै लैजाने वातावरण बनाउन सबै नेताहरू जिम्मेवार हुनुपर्छ,’ भट्टराईले भनेका थिए। यस्तै जनचासो र जनहितका सामाजिक मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धनका नेताहरू र सरकारले समन्वय गरी समाधान खोज्नेतर्फ लाग्नुपर्ने उनको सुझाव छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति