झडपमा पचास भन्दा बढीकाे मृत्यु

दुबइ, ३१ भदौ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।


स्रोतले दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहेकाे छ । एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ ।


हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकू संख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ । इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।


साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । (रासस/एएफपी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति