प्रचण्ड गुटमात्रै बाँकी छ, तिनका कार्यकर्ता नबन्नुस् : एमाले अध्यक्ष ओली

काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताएका छन्।
पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी गरे। ‘कानुनी रुपमा माओवादी केन्द्र नाम छ,त्यो प्रचण्ड गुट मात्रै हो, उनले भने, माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसक्यो, यहाँबाट प्रचण्ड गुट मात्रै बाहिरिएको हो।’

माओवादीको ठूलै हिस्सा प्रचण्डको पक्षमा जान नमानेको र पार्टीमा रहेको उनको तर्क छ।उनले अब पार्टीमा माधव नेपालको आवश्यकता नरहेको बताए। कार्यक्रममा बोल्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा माधव नेपालको आवश्यकता रहेको भन्दै फर्किन आग्रह गरेकी थिइन्। कसैलाई जवाफ दिएको होइन भन्दै ओलीले भने, ‘अब माधव नेपालको किन आवश्यकता छ ? पार्टी फुटाउन ?उहाँ हुँदा पार्टीमा गुटबन्दीबाहेक केही भएन। सरकारको कहिल्यै समर्थन भएन, रोष्ट्रममा उभियो कि गीत गाउने देश डुब्न लाग्यो माझी बचाइ देउ भनेर।’ उनले माधव र प्रचण्डलाई ठूलो पार्टी नपचेको ओलीको टिप्पणी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति