एमाले विभाजन हुनबाट नेताले जोगाउन सकेनन् : अध्यक्ष ओली

काठमाडौं, ३१ भदौ ।  काठमाडौँ, एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् । ‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’

कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए । ‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकिनौं,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति