काठमाडौं, ३१ भदौ । नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापाले समाजवादी धार दक्षिणपन्थी धारमाथि विजय भएको दाबी गरेका छन् । नेकपा एमालेको बिहिबार काठमाडौं जिल्ला कमिटीको भेलामा उनले सत्ताबाट कम्युनिस्टलाई हटाउन षड्यन्त्र भएको पनि बताए । बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने जिकिर समेत गरे। पार्टी भित्रको अन्तरसंघर्षसमा दक्षिणपन्थी र विसर्जनवादी धार अलग भएको छ । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं उनले भने। उनले समाजवादी र क्रान्तिकारी धारको एमालेले नेतृत्व गरिरहेकाले फेरि पनि आगामी दिनमा राज्यका सवै सत्तामा एमालेले कब्जा जमाउने दावी गरे ।
‘समाजवादी धार दक्षिणपन्थी धारमाथि विजय भयो : रामबहादुर थापा
प्रतिक्रिया