पहिरो नगएपनि धादिङको सिस्ने खोला सवारी जाम : कारण यस्तो

काठमाडौं, ३१ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा सवारी जाम भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगादेखि टायलघरसम्मै सवारी साधनको लाइन छ ।गएराति झ्याप्ले खोला नजिक एउटा गाडी बिग्रिएका कारण बाटोमा आज बिहानसम्म पनि सवारी साधनको प्रेसर भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर जाम भएको भने होइन ।बिग्रिएको गाडी भने सडकबाट हटाइसकिएको र अहिले दुईतर्फी नै बाटो सन्चालन भएको प्रहरीको भनाइ छ । ‘तर कुनै–कुनै ठाउँमा लेन मिच्ने, ओभरटेक गर्ने गरिदिंदा प्रेसर भइरहेको छ,’ इलाका प्रहरी कार्यालय खानीखोलाका एक प्रहरीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति