काठमाडौं, ३० भदौ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले संविधान दिवसको दिन असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न सर्कुलर जारी गरिएको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले असोज ३ लाई ‘कालो दिन’ को रुपमा मनाउन सबै जिल्ला समितिलाई सर्कुलर गरेका हुन् । अपूर्ण संविधानमा संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधनार्थ असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न उनले जिल्ला संयोजकहरुलाई निर्देशन दिएका छन् ।
‘संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरु गर्दै आएका छौं । त्यस दौरान कयौं वीर सपुतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन,’ सर्कुलरमा उनले लेखेका छन्, ‘यस वर्ष पनि असोज ३ गते आ(आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड– १९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगाष्ठी, व्याक आउट जस्ता कार्यक्रमहरु गरी कालो दिवस मनाउन सबै जिल्लाहरुलाई आग्रह गर्दछौं ।’
प्रतिक्रिया