गृह मन्त्रालयद्वारा १६ जना सीडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, ३० भदौ । गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १५ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार काज सरुवा गरिएको हो।मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। उनी अहिले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।त्यस्तै गुल्मिका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ। त्यस्तै पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ। कोषहरि निरौला मन्त्रालय तानिएका छन् भने दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति