एमाले अध्यक्ष ओली रुपन्देही आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल, ३० भदौ । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको थियो ।एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति