नेपालमाथि ओमानको सहज जित

काठमाडौ, २९ भदौ । नेपालले दिएको १९७ रनको लक्ष्य घरेलु टिम ओमानले ३१।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। ओमानको जितमा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे। उनले १०७ रनको योगदान गरे। कुशल मल्लको बलमा रोहित पौडेलबाट क्याच हुनुअघि उनले ६२ बलमा १२ चौका र ६ छक्का हिर्काए।

सिंहले सोमपाल कामीलाई एकै ओभरमा ३० रन प्रहार गरेका थिए। पाँचौ ओभरमा सोमपालविरुद्ध उनले तीन चौका र तीन छक्का हिर्काएका थिए। यस्तै सुरज कुमारले २० रन र आयन खानले १८ रन जोडे। मोहमद नदीमले नटआउट ३८ रन बटुले।बलिङमा नेपालका कुशल मल्ल र करण केसीले २-२ विकेट लिए।

सन्दीप लामिछानेले स्वास्थ्यमा समस्या भएका कारण बलिङ गर्न सकेनन्।त्यसअघि अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७।४ ओभरमा १९६ रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रनको योगदान दिए। आसिफले बिलाल खानबाट बोल्ड हुनुअघि ११२ बलमा ७ चौका र १ छक्का हिर्काए। आसिफको यो पहिलो एकदिवसीय अर्धशतक हो।

अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे। ज्ञानेन्द्रले ३३ बलमा १ चौका हिर्काए।

रोहितकुमार पौडेलले २० रन जोड्दा विनोद भण्डारी ६ रनमै आउट भए। सोमपाल कामी ७ रन, कुशल मल्ल ४ रन र विक्रम शोव २ रनमा आउट भए।

१० बलमा १ चौका र १ छक्का प्रहार गरेका सन्दीप लामिछाने १६ रनमा रनआउट भए।करण केसीले २१ रनको योगदान गरे। उनले ४८ बलमा १ चौका र १ छक्का हिर्काए।

बलिङमा ओमानका बिलाल खानले चार विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ४७ रन खर्चिए।हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरेको थियो। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

सिरिजमा अब नेपालले ओमान र अमेरिकासँग एक एक खेल्न बाँकी छ। सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन्।

नेपालले हालसम्म अमेरिका र ओमानसँग तीन-तीन खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board