संविधान दिवसको अवसर पारेर ५ सय ३४ कैदी रिहा हुँदै, ७ जनालाई आममाफी

काठमाडौं, २९ भदौ । गृह मन्त्रालयले विभिन्‍न अपराधमा सजाय भोगीरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ । संविधान दिवसको अवसर पारेर गृहले उनीहरुलाई जेलमुक्त गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार असल चालचलन भएका र त्यसमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका ५ सय ३४ कैदीलाई बाँकी सजाय मिनाहाका लागि सिफारिस गरिएको हो । त्यस्तै ७ जनालाई आममाफी दिन सिफारिस गरिएको छ ।यो सिफारिस अनुसार आगामी असोज ३ गते संविधान दिवसको दिन बाँकी सजाय मिनाह र आममाफी पाएका केदीको विवरण सार्वजनिक गरिने छ । यी दुवै विषय मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणित भएपछि मात्र कार्यान्वयनमा जानेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति