सरकारले गर्यो ठूलो संख्यामा सहसचिव सरुवा, ८५ जना को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, २९ भदौ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन ।शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति