एमालेलाई सरकारबाट हटाउने मुख्य षड्यन्त्र माधवले गरे–अध्यक्ष ओली

काठमाडौं, २९ भदौ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई सरकारबाट हटाउने मुख्य षडयन्त्र माधव कुमार नेपालले गरेको बताए । मंगलबार झापामा जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव नेपालले नै गरेको दावी गरेका हुन् । ओलीले भने, ‘खासगरी हामी सरकारबाट हट्ने कुरा अरु कसैले भन्दा पनि अरु कसैले केही गरेर पनि हटाउन सक्ने थिएनन्, एमालेलाई सरकारबाट हटाउने, विद्रोही बागी बनाउने, एमालेको निधारमा अनुशासनहीनता र अराजकताको कालो टीका लगाइदिनेजस्ता कामहरुको नेतृत्व माधव नेपालले गरेका हुन् ।अब  भविष्यमा एमालेलाई विचारमा आधारित,सुदृढ संगठनका साथ गतिशिल पार्टीका रुपमा विकास गर्ने दावी समेत ओलीले गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति