दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

दैलेख, २९ भदौ । दैलेखमा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका झण्डै ४१ वर्षीय शिक्षक नगेन्द्र विसीको गएराती घाँटी रेटेर हत्या गरिएको हो ।

विसीलाई लखेटेर स्कुलमा पुगेपछि घाँटी रेटेर हत्या गरेको देखिएको स्थानीय भुपेन्द्र ओलीले बताए। शिक्षक विसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘प्रहरी पनि अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ,’ ओलीले भने, ‘किराना पसलका सञ्चालक र एक अन्य युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोटेपोखरामा प्रहरीले खान तलासी गरिसकेको छ ।’

आज विहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए । ‘घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं,’ प्रमुख श्रेष्ठले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board