गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम रोकियो


काठमाडौं, २९ भदौ । धुर्मुस-सुन्तली फाउन्डेशनले आर्थिक संकटका कारण चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकिएको जनाएको छ । साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको निर्माण पक्ष धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

‘भीआईपी प्याराफिट बनाउने काम गरिरहेका थियौं, चल्नै नसक्ने अवस्था आयो, अहिले काम रोकिएको छ, फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्यौं, जनस्तरबाट रकम उठ्ने सम्भावना पनि छैन, सरकारले दिँदैन, कहाँबाट कामलाई जारी राख्ने ?’ तीन हजार दर्शकले हेर्न मिल्ने पहिलो चरणको प्याराफिटको काम सकिएको अध्यक्ष कट्टेलले बताएका छन् ।

रगंशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ । मैदानमा पिच बाहेकको काम सकिएको कट्टेलको भनाइ छ । ‘कोभिडको महामारीका बीच गत वर्षको साउनदेखि कामलाई गति दिएका थियौं, मुख्य रुपमा आर्थिक समस्या नै भएपछि काम अघि बढाउने परिस्थिति भएन’ कट्टेलले भने, ‘सरकारसँग हारगुहार गर्न लागिरहेको छु ।’ आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना बनाएर पठाउन आफू लागिरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति