माओवादी स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, २९ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न सकेको छैन । यता, देउवाले माओवादीलगायत सरकारमा संलग्न अन्य दलहरुलाई मन्त्रीहरुको नामावली उपलब्ध गराउन भनिरहेका छन् । आजको बैठकमा मन्त्रिपरिषदमा को को समावेश हुने भन्नेबारे पनि छलफल हुने माओवादी स्रोतले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति