मन्त्रिपरिषद् विस्तार बारे प्रचण्ड र पूर्ण खड्का बीच छलफल

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का बीच भेटवार्ता भएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेता बीच छलफल भएको हो । मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भएपछि नेताहरु अहिले दौडधुपमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति