विप्लवलाई पृथ्वीनारायण शाहको तस्विर उपहार

काठमाडौँ,२८ भदौ । आज खुल्लामञ्चमा विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धको बृहत सभामा बोल्दै उनले विप्लवलाई पृथ्वीनारायण शाहको तस्विर उपहार दिएका हुन् ।नेपालका लागी नेपाली पार्टीका संस्थापक अध्यक्ष डाक्टर सुरेन्द्र भण्डारीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) लाई पृथ्वीनारायण शाहको तस्विर उपहार दिएका छन् ।

डाक्टर भण्डारीले भने, साना-साना राज्यलाई जोडेर सिङ्गो नेपाल राष्ट्र निर्माण पृथ्वीनाराय शाहले गर्नु भएको थियो, त्यही मुलुक आज गम्भिर संकझटमा परेको छ ।

राष्ट्रघाति एमसीसी लगायतका सम्झौताहरुले देशको अस्थित्व खझतरामा परिरहेको बेला छ, अब यो खतराबाट बचाउन विप्लवले नेतृत्व लिनुपर्ने र राष्ट्र र राष्ट्रियताका सवालमा कुन पार्टी र के विचार भनि फरक-फरक कित्ताकाट नगरी एउटै शक्तिमा उभिएर लाग्नु पर्ने बताएका छन् ।

त्यसैले मैले आज यस सभाको मेरो मन्तब्यको अन्तमा कमरेड विप्लवलाई श्री ५ वडामहाराजाधिराज पृथ्वीनाराण शाहको तस्विर उपहार ल्याएको छु, त्यो दिने छु, भन्दै उनले आफ्नो जोडदार भाषणको अन्त्यमा शो तस्विर दिएका थिए । एमसीसी, यो राष्ट्रको सार्वभौमताको विरुद्ध छ, त्यसैले आज नेकपाले आयोजना गरेको यस कार्यक्रमबाट आफ्ना विचारहरु राख्न दिएकोमा धन्यवाद भन्दै राष्ट्र र राष्ट्रियताका सवालमा आफुले जो सुकैसँग पनि सहकार्य गर्ने डाक्टर भण्डारीले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति