एमाले जस्तो प्रतिपक्ष हुनु हाम्रो दुर्भाग्य – माधव नेपाल

काठमाडौं, २८ भदौ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष हुनु दुर्भाग्यपूर्ण भनेका छन् । सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा नेपालले आफूहरु र सभामुखप्रति लक्षित एमालेका अभिव्यक्ति र संसदमा भएका नाराबाजी आपत्तिजनक रहेको बताए ।नेपालले भने, ‘प्रमुख प्रतिपक्षले संसदमा प्रयोग गरेका शब्दहरुले सभ्यताको सीमा नाघेका छन् । प्रमुख प्रतिपक्षका नेता केपी ओलीसँग अरुको मानमर्दन गर्ने बाहेक कुनै संस्कार नै छैन । यस्तो प्रतिपक्ष हुन हाम्रो लागि दुर्भाग्य हो ।’ओलीले संसद नै नचाहेको भन्दै नेपालले संसद पनि चलाउने र संवाद पनि जारी राख्ने ढंगले जान सभामुखलाई सुझाव दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति